शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखबाटै वार्ता पहल होस्ः कांग्रेस

शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखबाटै वार्ता पहल होस्ः कांग्रेस

  • सोमवार, चैत्र २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, २५ चैत । सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघसँग भएका विगतका म्झौताहरू पूरा गर्न सरकारलाई आग्रह गरेको छ।

शिक्षकहरूको काठमाडौंमा जारी आन्दोलनसँगै कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले शिक्षक महासंघसँग गरेको सम्झौता कार्यान्वयनको ग्यारेन्टी लिनुपर्ने बताएका छन्।

‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौंतालाई आधार मानी आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता, संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’ महरले जारी गरेको विज्ञप्तिमा भनिएको छ। शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प हुने अवस्थालाई ख्याल गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ।

शैक्षिक सुधार तथा शिक्षा ऐन माग गर्दै केही दिन यता देशभरका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरूले शिक्षा ऐनको प्रत्याभूत नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै आएका छन्। शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित हुँदै आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी