चीन अमेरीका व्यापार युद्ध : चीनमा अमेरीकी बस्तुहरुमाथि ३४ प्रतिशत कर लगाउने घोषणा

चीन अमेरीका व्यापार युद्ध : चीनमा अमेरीकी बस्तुहरुमाथि ३४ प्रतिशत कर लगाउने घोषणा

  • शुक्रबार, चैत्र २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ । चीनले शुक्रबार घोषणा गर्‍यो कि उसले अप्रिल १० देखि लागू हुनेगरी अमेरिकाबाट आयात गरिने सम्पूर्ण वस्तुहरूमा ३४५ प्रतिशोधात्मक महसुल ९ट्यारिफ० लगाउनेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यापार युद्धलाई थप चर्काउँदै कदम चालेपछि चीनले त्यसको जवाफस्वरूप यस्तो निर्णय लिएको हो।

बुधबार ट्रम्पले चीनबाट अमेरिका आयात हुने सम्पूर्ण वस्तुहरूमा थप ३४५ महसुल लगाउने घोषणा गरेका थिए, जसले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्धमा ठूलो परिवर्तन ल्याउने र व्यापार तनाव अझ चर्काउने संकेत दिएको छ।

“अमेरिकाको यो अभ्यास अन्तर्राष्ट्रिय व्यापार नियमहरूअनुसार छैन, यसले गम्भीर रूपमा चीनको वैध अधिकार र हितहरूमा क्षति पुर्‍याउँछ, र यो एक प्रकारको एकपक्षीय दबाबको अभ्यास हो,” चीनको स्टेट काउन्सिल ट्यारिफ कमिशनले प्रतिशोधात्मक महसुल घोषणा गर्दै भनेको छ।

सत्तामा फर्किएपछि जनवरीदेखि ट्रम्पले चीनबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा दुईपटक गरी १० प्रतिशत अतिरिक्त महसुल लगाइसकेका छन्। ह्वाइट हाउसले यो कदम चीनबाट अमेरिका आउने अवैध फेन्टानिलको आपूर्ति रोक्न आवश्यक रहेको बताएको थियो। यसको अर्थ, अब चीनबाट अमेरिका आइपुग्ने वस्तुहरूमा कुल ५४ प्रतिशत महसुल लाग्नेछ।

ट्रम्पले चीन, भारत र युरोपेली युनियन लगायतका देशहरुमाथि ब्यापक अतिरिक्त महसुल लगाउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी