यी हुन आणविक हतियार भएका विश्वका १० देश, ९०% रूस र अमेरिकासँग !

यी हुन आणविक हतियार भएका विश्वका १० देश, ९०% रूस र अमेरिकासँग !

  • बिहिबार, चैत्र २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, २१ चैत । विश्वका १० देशसँग मात्रै आणविक हतियार छन् । रसिया र अमेरिकासँग परमाणु हतियारको कुल भण्डारको ९० प्रतिशतभन्दा बढी छ। कुन देशमा कति परमाणु बम छन् जान्नुहोस्।

रूस
रुससँग जम्मा ५ हजार ४४९ आणविक हतियार छन् । फेडरेशन अफ अमेरिकन साइन्टिस्ट्स (एफएएस) का अनुसार रुसको आणविक कार्यक्रम सन् १९४९ मा सुरु भएको थियो। योसँग विश्वमा सबैभन्दा धेरै आणविक मिसाइलहरू छन्।

अमेरिका
फेडरेशन अफ अमेरिकन साइन्टिस्ट्स (एफएएस) का अनुसार अमेरिकासँग जम्मा ५ हजार २७७ आणविक हतियार छन्। अमेरिका विश्वको दोस्रो ठूलो आणविक हतियार भण्डार भएको देश हो। अमेरिकाले सन् १९४५ मा पहिलो परमाणु परीक्षण गरेको थियो । हिरोसिमा र नागासाकीमा परमाणु हमला पछि अमेरिकाले आफ्नो आणविक कार्यक्रमलाई थप विकास गरेको हो ।

चीन
नेपालको छिमेकी देश चीनसँग ६ सयभन्दा बढी आणविक हतियार छन् । एफएएसका अनुसार आणविक हतियार राख्ने हिसाबले चीन विश्वमा तेस्रो स्थानमा छ। चीनले सन् १९६४ मा पहिलो परमाणु परीक्षण गरेको थियो ।

फ्रान्स
एफएएसका अनुसार युरोपेली देश फ्रान्ससँग २९० आणविक हतियार छन् । आणविक हतियारको हिसाबले फ्रान्स विश्वमा चौथो स्थानमा छ । फ्रान्सले सन् १९६० मा पहिलो परमाणु परीक्षण गरेको थियो ।

बेलायत
आणविक हतियार भएको विश्वमा बेलायत पाँचौं स्थानमा छ । एफएएसका अनुसार युनाइटेड किंगडमसँग २२५ आणविक हतियारहरू छन्। सन् १९५२ मा बेलायतले पहिलो आणविक परीक्षण गरेको थियो ।

भारत
भारत विश्वको छैटौं स्थानमा छ । एफएएसका अनुसार भारतसँग १८० आणविक हतियार छन् । भारतले सन् १९७४ मा पहिलो आणविक परीक्षण गरेको थियो। भारतको यो कार्यक्रम ‘प्रथम प्रयोग नगर्ने’ नीतिमा आधारित छ। भारतले आफ्नो आणविक हतियारलाई निरन्तर आधुनिकीकरण गरिरहेको छ ।

पाकिस्तान
भारतको छिमेकी देश पाकिस्तान आणविक हतियार राख्ने हिसाबले विश्वमा सातौं स्थानमा छ । एफएएसका अनुसार पाकिस्तानसँग १७० आणविक हतियार छन् । पाकिस्तानले सन् १९९८ मा आणविक परिक्षण गरेको थियो। यसको आणविक नीति भारत विरुद्ध सन्तुलन कायम गर्नमा केन्द्रित छ।

इजरायल
इजरायलले आणविक हतियारको उपस्थितिलाई स्वीकार वा अस्वीकार गर्दैन। एफएएसका अनुसार इजरायलसँग ९० भन्दा बढी आणविक हतियार रहेको हुनु पर्छ । इजरायलले सन् १९६० को दशकमा आणविक क्षमता हासिल गरेको विश्वास गरिन्छ।

उत्तर कोरिया
उत्तर कोरिया विश्वको नवौं स्थानमा छ । एफएएसका अनुसार उत्तर कोरियासँग ५० भन्दा बढी आणविक हतियार छन् । यसको आणविक नीति अमेरिका र दक्षिण कोरिया विरुद्ध रक्षात्मक र आक्रामक रणनीतिमा आधारित छ।

इरान
मध्यपुर्वको देश इरानसँग पनि आणविक हतियार रहेको छ तर उसले अहिलेसम्म संख्या खुलाएको छैन । उसँग १०० भन्दा बढी आणबिक हतियार रहेको अनुमान गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी