विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको बिरोधमा बिद्यार्थीहरुले उर्जामन्त्री दिपक खड्काको पुत्ला जलाएका छन् ।
एकीकृत समाजवादी निकट बिद्यार्थीहरुले विश्व भाषा क्याम्पस अगाडी प्रदर्शनीमार्गमा पुत्ला दहन गरेका हुन् ।
पुत्ला जलाएर अगाडी बढेपछि प्रहरीले पुत्ला खोसेको थियो । त्यसपछि आयोजित कोण सभालाई संवोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले यो सरकारलाई कालो धन र अध्यारो मात्र मन पर्ने भन्दै दलाल , माफिया र भ्रष्टाचारीको संरक्षण सरकारले गरीरहेको बताए ।
पराजुलीले सरकारको गलत क्रियाकलापको बिरुद्ध देशभर आन्दोलनमा उत्रन आव्हान समेत गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline