काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्।
सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्।
‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को-कोले के-के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु! त्योपछि हेरौंला तिमीहरूको के-के तन्त्र हो,’ उनले लखेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline