नागढुंगामा भएको हाइस दुर्घटनामा एकको मृत्य

नागढुंगामा भएको हाइस दुर्घटनामा एकको मृत्य

  • सोमवार, चैत्र ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

चितवनबाट यात्रु लिएर काठमाडौं आएको हाइस गाडी नागढुंगामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। ग १ ख ५५४६ नम्बरको हाइस चन्द्रागिरि नगरपालिका–२, नागढुंगा ढलानमा आइतबार अपराह्न पाँच बजे दुर्घटनामा परेको हो। रोकिराखेको अवस्थामा गाडी गुडेर अनियन्त्रित भई सडक पेटीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।

दुर्घटनामा घाइते भएकी २५–२६ वर्षीय युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। त्यस्तै, चितवन कालिका नगरपालिका– ७ घर भएकी ६८ वर्षीया तारादेवी कुमाल गम्भीर घाइते भएकी छिन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

त्यस्तै, काठमाडौं– १५ की ३३ वर्षीया बिन्दु देवकोटा, उनका ३० महिनाका छोरा दिव्यन पोख्रेल, चितवन भरतपुर–६ की ४९ वर्षीया अनिता थापा, उनकी १७ वर्षीया छोरी एरिसा थापा, भरतपुर–४ का ३७ वर्षीय मोहित गुरुङ, कालिका–७ की २५ वर्षीया सीमा कुमाल, उनका ६ वर्षीय छोरा इसान कुमाल र सर्लाहीका कुसुम राई पनि घाइते भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ