पूर्वराजा शाह गणतन्त्र स्थापनापछि पहिलोपटक पुर्ख्यौली थलो गोरखामा, गोरखकाली मन्दिरको दर्शन

पूर्वराजा शाह गणतन्त्र स्थापनापछि पहिलोपटक पुर्ख्यौली थलो गोरखामा, गोरखकाली मन्दिरको दर्शन

  • शनिबार, चैत्र ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

चैत्र ९, गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाह गणतन्त्र स्थापनापछि पहिलोपटक पुर्ख्यौली थलो गोरखा पुग्नुभएको छ । शनिबार गोरखा पुग्नुभएका शाहले गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्नुभयो । शाहवंशीय राजाहरुले कुलदेवताका रुपमा पुज्दै आएको गोरखकाली मन्दिरमा पूर्वराजा शाहले झन्डै २ घण्टा बिताउनुभयो ।

गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्दै शाहले भूकम्पपछि पुनर्निर्माण भएको गोरखा दरबारको अवलोकन समेत गर्नुभयो ।

पूर्वराजाका समर्थकले केहीबेर राजसंस्थाका पक्षमा नारा लगाएका थिए । उनीहरुले आबुखैरेनीदेखि गोरखा दरबारसम्म मोटरसाइकल र्‍याली पनि गरेका थिए ।

शाहलाई गोरखा भ्रमणको व्यवस्थापनका लागि नागरिक समाज गठन गरिएको थियो । ‘शाहवंशीय राजाको कुलदेवता गोरखकाली हो । गोरखकाली, गोरखनाथ र वज्रभैरवको पूजाका लागि उहाँ आउनुभएको हो,’ नागरिक समाजका सहसंयोजक होम सिं बस्नेतले भन्नुभयो, ‘पूजाअर्चना गरेर उहाँ फर्कनुभयो ।’

शाहले आइतबार मनकामना मन्दिरको पूजाअर्चना गर्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ