धनकुटा नगरलाई घोषणा गरियो पूर्ण खोप सुनिश्चितता पालिका

धनकुटा नगरलाई घोषणा गरियो पूर्ण खोप सुनिश्चितता पालिका

  • बुधबार, चैत्र ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

धनकुटा । धनकुटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नगर क्षेत्रका १६ देखि २३ महिनाका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाइसकेको सुनिश्चित गरेर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

धनकुटा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका खोप समन्वय समितिका अध्यक्षसमेत रहेका मेयर चिन्तन तामाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरे । उनले आगामी वर्ष पनि पूर्ण खोप सुनिश्चित गर्ने कामलाई निरन्तरता दिने प्रतिवद्धता पत्रमा हस्ताक्षर पनि गरेका छन् । कार्यक्रममा बोल्दै मेयर तामाङले पूर्ण खोप सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिदैँ आगामी वर्षहरूमा पनि सबै बालबालिकाहरूलाई समयमै खोप लगाउने वातावरण निर्माण गर्न आग्रह गरे । सो अवसरमा धनकुटा ४ का वडाध्यक्ष जम्सेर राई, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले बालबालिकाहरूलाई समयमै खोप लगाउने बानीको विकास गर्न अभिभावकहरूलाई आग्रह गरेका छन् ।

सरकारले जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरूलाई क्षयरोग, दादुरा, धनुष्टङ्कार, लहरेखोकी लगायत १३ प्रकारका रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसवर्ष धनकुटा नगर क्षेत्रका १६ देखि २३ महिनाभित्रका ३ सय ५६ जना बालबालिकाहरूलाई यी खोप लगाइसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए । धनकुटा नगरपालिकालाई पहिलो पटक २०७१ सालमा पूर्ण खोप पालिका घोषणा गरिएको थियो । त्यसयता, हरेक वर्ष लक्षित उमेर समूहका बालबालिकाहरूलाई खोप लगाइसकेको सुनिश्चित गरेर पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ