प्रहरी प्रमुख कुवँर आजबाट अवकासमा जाँदै, यी तीन मध्य एक हुनेछन् नयाँ आईजिपी

प्रहरी प्रमुख कुवँर आजबाट अवकासमा जाँदै, यी तीन मध्य एक हुनेछन् नयाँ आईजिपी

  • सोमवार, चैत्र ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं । नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर सोमबारदेखि अवकाशमा जाँदै छन्। उनीसहित ५ एआईजी र ३ डीआईजी पनि अवकाशमा जान लागेका हुन्। प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिको कारण आईजीपीसहित अन्य ९ प्रहरी अधिकारी सेवानिवृत्त हुन लागेका हुन्।

हालका आईजीपी अवकाशमा जाँदै गर्दा ३१औं आईजीपी को को लाईनमा तीन एआईजी छन्। एआईजी दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी आईजीपीको दाबेदार हुन्।

२०७९ चैत १० गते नेपाल प्रहरीको नेतृत्व सम्हालेका कुँवरले दुई वर्ष बढी करिब ८९ हजार फौजको कमान्ड सम्हालेका छन्। शान्त र शालीन छविका आईजीपी कुँवर प्रहरी संगगठनमा हुँदा खासै विवादमा आएनन्। आईजीपी कुँवरसँगैै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाशमा जाँदै छन्। उनीहरूकै ब्याची डीआईजीहरू गणेश चन्द, भोला रावल र धुवराज राउत पनि चैत ४ गते राति १२ बजेबाट अवकाश हुन लागेका हुन्।

आईजीपी कँुवरको अवकाशसँगै सोमबार नै नयाँ आईजीपी बनाउने सरकारको तयारी छ। त्यसका लागि मन्त्रिपरिषद्को बैठक सोमबार बोलाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ