बाँकेमा रहेको बाल सुधार गृहमा झडपः प्रदर्शनकारीले आगो लगाए, घाईतेलाई उपचार गरिदै

बाँकेमा रहेको बाल सुधार गृहमा झडपः प्रदर्शनकारीले आगो लगाए, घाईतेलाई उपचार गरिदै

  • शनिबार, चैत्र २, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

नेपालगन्ज, चैत २ गते । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति बाल सुधारगृहमा बालबन्दीविच झडप भएको छ । एक दर्जन बढी घाईतेहरुलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ । ५० जना जति बालबन्दी प्रहरी नियन्त्रणमा आएका छन् ।

लामो समयको कसरतपछि केहीबेर पहिले मात्र ठुलो संख्यामा बाल सुधारगृहमा पुगेको प्रहरीले सुधारगृहमा छिरेर बालबन्दीलाई नियन्त्रणबाट मुक्त गराउन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बालसुधार गृहमा प्रवेश गरेर नियन्त्रणमा लिन सफल भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बताउनुभयो ।

उहाँले सो क्रममा बालबन्दीहरुको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । ५० भन्दा बढीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । यसअघि बालसुधार गृहलाई नियन्त्रणमा लिएर माथि छतबाट प्रहरीमाथि बालबन्दीहरुले ढुंगा प्रहार गरेर भित्र पस्न दिएका थिएनन् । बालसुधार गृहको दोस्रो तल्लामा उनीहरुले आगजनी गरेर केही क्षति भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ