देशभरका ८४ क्याम्पसमा निर्विरोध स्ववियु कमिटि निर्वाचित, नेविसंघ पहिलो

देशभरका ८४ क्याम्पसमा निर्विरोध स्ववियु कमिटि निर्वाचित, नेविसंघ पहिलो

  • बुधबार, फाल्गुन २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ । देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार मनोनयन दर्ता गर्नेक्रममा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

कतिपय ठाउँहरूमा भने विद्यार्थी संगठनहरूले आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन गरेका छन् । निर्विरोध भएका ८४ क्याम्पसमध्ये अहिलेसम्म नेपाल विद्यार्थी संघले ३३ वटा क्याम्पसको अध्यक्ष जितेको दाबि गरेको छ । त्यस्तै, अनेरास्ववियुले ३० वटा क्याम्पसमा स्ववियु अध्यक्ष जितेको र अखिल क्रान्तिकारीले २१ क्क्याम्पसको अध्यक्ष जितेको दाबी गरेका छन् ।

त्यस्तै काठमाडौं उपत्यकाका २२ मध्ये ६ वटा क्याम्पसमा उम्मेदवारी दर्ताको प्रक्रिया अवरुद्ध बनेको छ । काठमाडौँको शंकरदेव क्याम्पसको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ भने केन्द्रीय क्याम्पस किर्तिपुरमा बागी उम्मेदवारको नाम दर्ता गरेको भन्दै नेविसंघले तालाबन्दी गरेको छ ।

यस बाहेक पद्यमकन्या, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छैन । त्रिवि अर्न्तगतका आंगिक, सामुदायिक र निजी क्याम्पसमा मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो । स्ववियु निर्वाचन चैत्र ५ गते हुदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी