पशुपति गौशाला धर्मशालाको जग्गामा महानगरसँग कोषको सम्झौता अदालतले खारेज गर्यो

पशुपति गौशाला धर्मशालाको जग्गामा महानगरसँग कोषको सम्झौता अदालतले खारेज गर्यो

  • शुक्रबार, फाल्गुन २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच धर्मशाला सञ्चालन गर्ने बारेको सम्झौता खारेज भएको छ ।

उच्च अदालत पाटनले सो सम्झौता खारेज गरेपछि गौशाला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिले नै पाएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिले नै गर्न पाउने फैसला गरेको हो ।

कोषले मारवाडी सेवा समितिसँगको सम्झौता रद्द गरेको थियो । सो विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत चलेको थियो । काठमाडौं जिल्ला अदालतले कोषको पक्षमा फैसला गरेसँगै महानगरसँग अर्को सम्झौता गरिएको थियो । माथिल्लो अदालतमा पुनरावेदन जाने समय बाँकी छदै कोष र महानगरबीच सम्झौता भएको भन्दै मारवाडी सेवा समितिले आपत्ति जनाउँदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी