रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपी मण्डल प्रहरी नियन्त्रणमा

रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपी मण्डल प्रहरी नियन्त्रणमा

  • बुधबार, फाल्गुन २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

मुकेश कुमार यादब÷सिरहा २१ फाल्गुन । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सदा मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई आज प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाको २४ दिन पछि प्रहरीले मुख्य आरोपी मण्डललाई पक्राउ गर्न सफल भएको छ। घटनाका मुख्य आरोपी मण्डललाई भारतबाट पक्राउ गरेको प्रहरी स्रोतले जानाएको छ ।

माघ २७ गते करीव ७ वजे राति शौच गर्न बाहिर निस्केकी रिंकु बिहानी ३ बजे घरमा आएको थियो। विहान रोइरहेको अवस्थामा अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।

रिंकु माघको ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । पक्राउ गरेका मण्डललाई सिरहा जिल्ला अदालतमा म्याद थपने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ