मेक्सिको, क्यानडा र चीनमा कर लागु गरेपछि अमेरिकी शेयर बजारमा गिरावट

मेक्सिको, क्यानडा र चीनमा कर लागु गरेपछि अमेरिकी शेयर बजारमा गिरावट

  • मङ्लबार, फाल्गुन २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लागु गर्ने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्स १.४ प्रतिशत, एसएन्डपी ५०० १.७५ प्रतिसत र नास्ड्याक २.६ प्रतिशतले घटेको छ ।

पारस्परिक करहरू अप्रिल २ बाट लागू हुने भए पनि, ट्रम्पले मंगलबारदेखि अमेरिकामा मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा २५ प्रतिशतसम्मको थप कर लगाइने र चीनबाट आउने सामानहरूमा १० प्रतिशतसम्मको अतिरिक्त कर लगाइने घोषणा गरेका हुन् । यसैबीच, चीन, क्यानडा र मेक्सिकोले अमेरिकी सामानहरूमा बदलास्वरूप कर लगाउने घोषणा गरेका छन् ।

क्यानडाले अमेरिकाबाट क्यानडा प्रवेश गर्ने १५५ अर्ब डलर बराबरका उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क लगाएको छ, जुन तुरुन्तै ३० अर्ब डलर बराबरका सामानहरूबाट सुरु हुनेछ ।

यी तीन देश अमेरिकाका शीर्ष व्यापारिक साझेदार हुन् र भन्सार शुल्कको मुद्दाका कारण व्यापार युद्ध सुरु हुने सम्भावना अझ बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी