काठमाडौं । आज बिहान २ बजेर ५१ मिनेटमा ६.१ रेक्टरको शक्तिशाली भूकम्पको केन्द्रबिन्दु सिन्धुपालचोक रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ । भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ ।
रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका थिए ।
भूकम्पबाट सिन्धुपालचोक जिल्ला कारागारमा भागदौड मच्चिदा कैदी स्याङबो तामाङको हात भाँचिएको छ । उनको अहिले उपचार भईरहेको छ ।
यस्तै भूकम्पका कारण सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुक्खा पहिरो गएको र मानवीय वस्ती नभएका कारण थप क्षति भने हुन नपाएको जिल्ला प्रशासन कार्यलय सिन्धुपालचोकले जनाएको छ ।
७२ सालको शक्तिशाली भूकम्पमा पनि सिन्धुपालचोकमा ठूलो जनधनको क्षति भएको थियो ।