प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जोशी

प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जोशी

  • मङ्लबार, फाल्गुन १३, २०८१
  • डम्मर दत्त भट्ट

  • 7K
    SHARES

कञ्चनपुर फागुन १३ ।
प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा केशवराज जोशी(आकाश) चयन भएका छन् । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जोशी चयन भएका हुन ।
डडेल्धुराको आलितालमा मंगलबार सम्पन्न भएको प्रेस सेन्टर नेपाल प्रदेशको तेस्रो अधिवेशन बाट युवा पत्रकार जोशी सर्वसम्मत अध्यक्ष भएका छन । खुला उपाध्यक्ष कर्ण बहादुर चन्द, समावेसी उपाध्यक्ष मुकेश टेर्रा(थारु), महासचिव तेजराज भट्ट, सचिवहरु पहिलाद राना, पदम सुनार, होम साउद, ललित बोहरा, सुबास कठायत,कोषाध्यक्षमा दिपकराज अवस्थी चयन भएका छन ।
यस्तै सदस्यहरुमा पुष्कर भट्ट, महेश बम, ईन्द्र साउद, होम योगी, पदम बोहरा लगायत रहेका छन । झण्डै डेढ दशक जिल्लादेखि राष्ट्रियस्तरसम्मै पत्रकारिता गर्दै आएका प्रेस सेन्टर नेपाल सुप प्रदेशका अध्यक्ष केशवराज जोशीले समग्र पत्रकारको हकहितका लागि काम गर्ने प्रतिबत्ता गरेका छन । प्रेस सेन्टर नेपाल सुप प्रदेशका निर्वतमान अध्यक्ष भुवन बोहराको अध्यक्षतामा शुरु भएको अधिवेशनमा नेकपा माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेलको प्रमुख आथित्यमा भएको कार्यक्रममा प्रेस सेन्टरका नेताहरुले श्रमजिबी पत्रकारहरुको हकहितमा काम गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ