काभ्रेको बतासेमा बस दुर्घटना हुँदा २४ जना घाइते

काभ्रेको बतासेमा बस दुर्घटना हुँदा २४ जना घाइते

  • मङ्लबार, फाल्गुन १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

फाल्गुन १३, काभ्रे । धुलिखेलमा यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

धुलिखेल नगरपालिका–१० स्थित शारदा बतासेमा मंगलबार बिहान ८ बजेर २० मिनेटको समयमा काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस बीपी राजमार्ग अर्न्तगत धुलिखेल नगरपालिका–१० शारदा बतासेमा दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार आफैं अनियन्त्रित भइ सडकको नालीमा पल्टेर दुर्घटना हुँदा उक्त बसमा सवार चालक र सह–चालकसहित २४ जना घाइते भएका थिए । घाइतेमध्ये १७ जनालाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको उनले बताए । धुलिखेल अस्पतालमा उपचार भइरहेका घाइतेहरुमध्ये चालक र सहचालक गम्भीर घाइते रहेको र उनीहरुको टाउकोमा चोट लागेको उनले बताए ।

राजमार्गमा अहिले बाटो एकतर्फी सञ्चालन भएको छ भने बस घटनास्थलमा नै रहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ