पूर्वाञ्चल विश्वविद्यालयको जिम्मेवारीपूर्ण निर्णय, विदेशबाट फर्किने विद्यार्थीलाई क्रेडिट ट्रान्सफर दिने

पूर्वाञ्चल विश्वविद्यालयको जिम्मेवारीपूर्ण निर्णय, विदेशबाट फर्किने विद्यार्थीलाई क्रेडिट ट्रान्सफर दिने

  • शनिबार, फाल्गुन १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले विदेशबाट कुनै कारणबस अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाउने भएको छ ।

भारतको ओडिशास्थित कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनापछि पूर्वाञ्चल विश्वविद्यालयले शुक्रबार एक सूचना जारी गर्दै आवश्यक प्रक्रिया पुरा गरेका विद्यार्थीहरुले क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने जनाएको हो ।

विदेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न इच्छुक भएको खण्डमा पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने जनाएको । पूर्वाञ्चल विश्वविद्यालयले त्यस्ता विद्यार्थीहरूका लागि क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने जनाएको छ ।

हालै भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछिको  घटनाक्रमपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्केर अन्योल भएको बेला पूर्वाञ्चल विश्वविद्यालयले महत्वपूर्ण निर्णय लिएको छ ।

उक्त प्रकरणपछि सो विश्वविद्यालयमा पढ्न गएका डेढसय भन्दा बढी  नेपाली विद्यार्थीहरू नेपाल फर्किसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी