माओवादी सबल बनाउन पुष्पकमल दाहालको प्रचण्ड प्रयास , ७० बर्षको उमेरमा युवा भन्दा गतिशील दौडधुप

माओवादी सबल बनाउन पुष्पकमल दाहालको प्रचण्ड प्रयास , ७० बर्षको उमेरमा युवा भन्दा गतिशील दौडधुप

  • शुक्रबार, फाल्गुन ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

पुष्पकमल दाहाल प्रचण्ड नामले नेपाली राजनीतिमा हावी छन् । ३५ वर्षको उमेरमा नै पार्टीको नेतृत्व गर्ने अवसर पाएका उनले नेपालको ईतिहाँसमा सबै भन्दा लामो शसस्त्र विद्रोहको नेतृत्व गरे । जसको बलमा देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

पार्टीमा दशकौँदेखि अविछिन्न नेतृत्व गरीरहेका प्रचण्डको उमेर ७० वर्ष पुगेको छ । उनी २०११ साल मंसीर २६ गते कास्कीमा जन्मिएका थिए ।

प्रचण्ड शान्ति सम्झौता मार्फत चुनावी राजनीतिमा आएपछि तीन पटक तेस्रो शक्तिको नेतामा खुम्चिए । २०७०, २०७४ र २०७९ को चुनावमा माओवादी लगातार काँग्रेस र एमाले भन्दा पछिको तेस्रो दलका रुपमा मात्र छ ।

यति हुँदा हुँदै पनि कहिले काँग्रेस र कहिले एमालेसँग मिलेर उनले पटक पटक सरकारको नेतृत्व गरेका छन् ।

तेस्रो कार्यकालमा शुसासन, सामाजिक न्याय र समृद्धिको योजनामा भन्दै भ्रष्टाचारका ठूला ठूला काण्डमा ठूलो स्तरमा नेता र कर्मचारीलाई कार्बाही गरेपछि प्रचण्डको पछिल्लो समय क्रेज र गति बढेको छ ।

७० वर्षको उमेरमा उनी दैनिक बिहान कम्तीमा १० हजार पाईला हिँड्ने र व्यायाम गर्ने गर्दछन् । कहिले झापामा राजवंशीको घरमा केराको पातमा भात खान्छन्, कहिले बिराटनगरमा मर्निङ वाक गरेर भक्का खान्छन् । अर्थात प्रचण्ड जहाँ बास बस्छन् बिहान सबेरै उठेर मर्निङ वाकमा निस्कन्छन् । उनी हिँडेको भिडियो पनि सार्वजनिक हुन्छ सामाजिक सञ्जालमा । यसलाई उनले श्वास्थ्य राम्रो बनाउने र युवालाई सन्देश दिन भन्ने गरेका छन् ।

दैनिक रुपमा उनी कुनै न कुनै कार्यक्रममा पुगेर बोलिरहेका हुन्छन् । उनले तय गरेको एउटै मिसन छ अब समाजवादी क्रान्तिको आधार तयार पार्ने ।

त्यसका लागि ८४ सालमा सरकार बनाउने हैसियत सहित पार्टीलाई पहिलो शक्ति बनाउने, तल्लो तहसम्म पार्टीलाई सबल बनाउने, पार्टीले जितेका स्थानीय तहमा समाजवादको आधार बनाउने गरी काम गर्ने ।

यही नीति अन्तर्गत माओवादीले जितेका पालिका प्रमुख उपप्रमुखहरुको दुई दिने राष्ट्रिय भेला यही फागुण १० र ११ गते काठमाण्डौँमा आयोजना गरिएको छ । माओवादीले देशभर १२३ पालिका जितेको छ । उनीहरु सबैलाई भेलामा विज्ञ सहित राखेर प्रशिक्षण दिईनेछ । जहाँ प्रचण्डले पार्टीको नीति अनुसार विकास र जनतासँग साझेदारीमा कृषि, उद्योग र पर्यटन र पूर्वाधारका क्षेत्रमा बिशेष योजना बनाएर काम गर्न मार्ग चित्र दिनेछन् ।

तराईमा २१ दिने यात्रामा निस्कदै प्रचण्ड टिम

पार्टीको निर्णय अनुसार प्रचण्डको नेतृत्वमा सबै पदाधिकारी सहित तराईको हुलाकी राजमार्गबाट माओवादीले राजनीतिक अभियान शुरु गर्दैछ । १२ गते झापाको कचनकवलको वनयानीबाट यो अभियान शुरु हुनेछ ।

भियान टोलीमा सहभागी पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरु साथै सांस्कृतिक टोली र केही सञ्चारकर्मी रहने जनाइएको छ । सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र जनसमुदायहरू अभियानमा सहभागी गराउने तयारी माओवादीको छ । अभियानको खाने, बस्ने र अन्य खर्चको व्यवस्थापन सम्बन्धित प्रदेश इञ्चार्जको नेतृत्वमा सम्बन्धित जिल्ला पार्टीहरूले गर्न निर्देशन दिइएको छ ।
यस्तो कार्यक्रम तालिका

कोशी प्रदेश

झापा– फागुन –१२ गते

मोरङ– फागुन १३ गते

९फागुन– १४ गते शिवरात्री०

सुनसरी – १५ गते

मधेश प्रदेश

सप्तरी– फागुन १६ गते

सिराहा– फागुन १७ गते

धनुषा– फागुन १८ गते

महोत्तरी– फागुन १९ गते

सर्लाही– फागुन २१ गते

रौतहट– फागुन २२ गते

बारा– फागुन २३ गते

पर्सा– फागुन २४ गते

बागमती प्रदेश

चितवन– फागुन– २५ गते

गण्डकी प्रदेश

नवलपुर ९नवलपरासी पूर्व०– फागुन २६ गते

लुम्बिनी प्रदेश

परासी ९नवलपरासी पश्चिम० फागुन– २७ गते

रुपन्देही– फागुन २८ गते

कपिलवस्तु– चैत २ गते

दाङ– चैत ३ गते

बाँके– चैत ४ गते

बर्दिया– चैत ५ गते

सुदूरपश्चिम प्रदेश

कैलाली–चैत ६ गते

चैत्र ७ गते कञ्चनपुर अभियान समापन

यो अभियानको समिक्षा पछि माओवादीले पुनः मदन भण्डारी लोकमार्ग र मध्यपहाडी लोकमार्गमा यो अभियान चलाउने योजना बनाएको छ ।

यी अभियानहरु निरन्तर सञ्चालन मार्फत संगठन सुदृढ बनाउने, पार्टीलाई पहिलो शक्ति बनाउने चाहना राखेका प्रचण्ड काँग्रेस एमाले मिलेर गठबन्धन बनाएपछि पार्टी बनाउन लागि परेका हुन् ।

कहिले काँग्रेस, कहिले एमालेसँग मिल्दा पार्टी बिग्रदै गएको जस्तो भएको स्वीकारेका उनले पार्टी आफ्नै बर्ग र समुदायमा फर्कने घोषणा गर्दै आएका छन् ।

यसका लागि काँग्रेस एमालेको सरकार ८४ सम्मै चलोस र हामीलाई सहयोग माग्न नआउनुस् भनेर प्रचण्डले सदन र सार्वजनिक कार्यक्रममा दुई दललाई सन्देश दिँँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी