पाथीभारा केबरकार निर्माण रोक्ने पक्ष र सुरक्षाकमींबीच झडप

पाथीभारा केबरकार निर्माण रोक्ने पक्ष र सुरक्षाकमींबीच झडप

  • बिहिबार, फाल्गुन ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

विराटनगर । पदयात्रा गर्दै ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका ‘नो केबलकार’ पक्षधर र सुरक्षाकर्मीबीच आज झडप भएको छ।

पाथीभराको केबलकार निर्माण क्षेत्रमा पुगेर ‘नो केबलकार समूह’ले सुरक्षाकर्मीलाई ढुंगामुढा गरेपछि झडप भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। उनका अनुसार झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन्। घाइते हुनेमा सुरक्षाकर्मीको संख्या धेरै छ।

प्रजिअ शर्माले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको जानकारी दिए। पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूह बिहीबार पदयात्रा गर्दै ठूलो फेदीबाट केबलकार निर्माणस्थलतर्फ गएको थियो।

शर्माका अनुसार निर्माणस्थल कब्जामा लिने भन्दै उक्त स्थानमा रहेका सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेका थिए। त्यसपछि विरोध गर्दै पुगेको समूहले ढुंगा हान्न सुरु गरेपछि झडप भएको उनको भनाइ छ।

उनका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएका छन्। पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति र मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ