सामूहिक बलात्कारमा परेकी किशोरीको शंकास्पद मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

सामूहिक बलात्कारमा परेकी किशोरीको शंकास्पद मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

  • मङ्लबार, फाल्गुन ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

फाल्गुन ६, जनकपुर । सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

मधेश प्रहरी कार्यालय जनकपुरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको जनाएको छ । समितिले मंगलबार नै घटनाबारे बुझ्ने र अनुसन्धानसमेत थालिसकेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सदायको घटनाबारे सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै मधेश प्रदेश प्रहरी कार्यालयले घटनाको थप अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको जनाएको छ ।

गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलस्थित बिगुल सदायकी छोरी रिंकु आफ्नै घरमा मृत फेला परेकी थिइन् । रातको समयमा शौच गर्न घर बाहिर निस्कँदा उनी सामुहिक बलात्कारको शिकार भएकी थिइन् । घटनालाई पञ्चायती बसेर ढाकछोप गर्ने प्रयास गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ