चोरी र डाँका मुद्दामा छुटेका व्यक्तिबाट जब ठगिए सशस्त्रका सात प्रहरी …

चोरी र डाँका मुद्दामा छुटेका व्यक्तिबाट जब ठगिए सशस्त्रका सात प्रहरी …

  • सोमवार, फाल्गुन ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं – सशस्त्र प्रहरी बलका प्रहरीहरू नै ठगीमा परेका छन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बलमा कार्यरत् प्रहरीहरूलाई ठगेका हुन्।

सशस्त्र प्रहरी बलको एफपियु (फर्म्ड पुलिस युनिट) मिसनमा पठाइदिने बहानामा सात जनालाई ठगी गरेपछि सापकोटा पक्राउ परेका छन्।

सापकोटालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

२७ वर्षीय सापकोटा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्दै आएका थिए।

सापकोटाले सशस्त्र प्रहरीका ती कर्मचारीसँग रकम लिएको खुलेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

तर, सात जना प्रहरीबाट सापकोटाले के कति रकम लिएको भन्नेबारे स्पष्ट हुन बाँकी रहेको आचार्यले बताए।

सापकोटा विगतमा चोरी तथा डाँका सम्बन्धी कसुर, बैंकिङ कसुर, ठगी तथा आपराधिक विश्वासघात तथा आपराधिक लाभलगायत कसुरमा पक्राउ परेर छुटेका व्यक्ति रहेको अभिलेख प्रहरीसँग छ।

सापकोटालाई तथ अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ