खोटाङको हलेसी बजारमा लागेको भीषण आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हार्डवेयर पसलमा रहेको ग्यास विष्फोट भएर आगलागी भएको थियो । सो घर पदम राईको हो ।
होटल हलेशी दर्शन रहेका प्रकाशचन्द्र गिरी र ओइराख राईको कल्याण होटलमा पनि आगलागी भइरहेको छ। पदम राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि पूर्णरुपमा जलेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतिक विष्टले सदरमुकाम दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको टोली जाँदै गरेको बताए।
सदरमुकाम दिक्तेलबाट सेना, शसस्त्र र प्रहरीको टोली परिचालित भए पनि ३५ किलो मिटर भन्दा लामो दुरी रहेकाले पुग्न समय लाग्ने देखिएको छ ।
अहिले स्थानीयले घरघरमा रहेका रिजर्भ ट्यांकीबाट पानी तानेर आगो निभाउने प्रयास गरिरहेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline