संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलियामाथि आक्रमण भएको छ । खाँदबारी–९ का वडाध्यक्ष विमलराज गौतमले कार्यकक्षमै गएर प्रमुख थपलियालाई आक्रमण गरेको बुझिएको छ ।
आइतबार दिउँसो ४ बजे वडाध्यक्ष गौतमले प्रमुख थपलियाको कार्यकक्षमै गएर कार्यकक्षमा थुनेका थिए ।
वडाध्यक्ष गौतमले मादक पदार्थ सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मापसे गरेर नगरपालिका प्रवेश गरेका वडाध्यक्षले अपशब्द प्रयोग गर्दै प्रमुख थपलियालाई हातपात गरेको प्रत्यक्षदर्शी कर्मचारी बताउँछन् । वडाध्यक्ष गौतमले कर्मचारीलाई पनि गालीगलौज गरेको थपलियाले बताए ।
प्रमुख थपलियाले वडाका विभिन्न योजनाको बजेट कटौती गरेको आरोप छ । वडाध्यक्ष गौतम नेकपा एमालेबाट निर्वाचित हुन् भने प्रमुख थपलिया नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
आक्रमण गर्ने वडाअध्यक्ष गौतम र वडा सदस्य टीकाराम कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।