मकुना हात्ती मृत्यु प्रकरणकोबारे कार्यदलले स्थलगत काम सक्यो

मकुना हात्ती मृत्यु प्रकरणकोबारे कार्यदलले स्थलगत काम सक्यो

  • बिहिबार, फाल्गुन १, २०८१
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

फाल्गुन १,चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जङ्गली हात्ती मकुनाुको मृत्यु प्रकरणसम्बन्धी छानबिन गर्न बनेको कार्यदलले स्थलगत अध्ययन सकेको छ ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेलको संयोजकत्वमा बनेको कार्यदलले तीन दिनदेखि थालेको स्थलगत अध्ययन सकेको हो। उक्त टोली बुधवार नै काठमाडौँ फर्किएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार कार्यदलले चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना र सरोकार भएकासँगको छलफल गर्नुका साथै घटनास्थलको स्थलगत निरीक्षण एवं अनुगमन गरी पर्किएको हो ।
पौडेलको संयोजकत्वमा बनेको पाँच सदस्यीय कार्यदलले गत माघ २७ गतेदेखि काम सुरु गरेको थियो । उनीहरूले सौराहाका निजी हात्ती सञ्चालक, युनाइटेड हात्ती सहकारी संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधिसँग छलफल गरेका थिए ।

छलफलका क्रममा सरोकार भएकाले कार्यादललाई निजी हात्ती एकीकृत गरी दिगो रूपमा व्यवस्थापन गर्न सहजीकरण गरिदिन आग्रह गरेका छन् । हात्ती पालकहरूले राज्यले निश्चित ठाउँ तोकिदिए व्यवस्थापनमा सहजीकरण गर्न आफूहरू तयार रहेको उल्लेख गरे ।

चितवन राष्ट्रिय निकुञ्जको लामिताल क्षेत्रमा यही माघ २३ गते मकुनालाई गोली हानी मारिएको विषयमा मन्त्रालयले बनाएको कार्यदलको सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मुल्याङ्कन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावत, वन तथा भूसंरक्षण विभागका वन अधिकृत सबनम पाठक, चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा दिनेश शाहलगायत टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरेको निकुञ्जका सूचना अधिकारी थापा मगरले जानकारी दिए ।

मन्त्रालयले घटनास्थलमा आबद्ध तथा सम्बद्ध सरोकार भएका व्यक्ति, सङ्घसंस्था, समूह, निकाय तथा आवश्यकता अनुसार सुरक्षा निकाय, स्थानीय पालिका र स्थानीय प्रशासनसँग छलफल गर्ने, घटनाको विस्तृत विवरण तथा कारण पहिचान गर्ने, आगामी दिनमा यस्ता घटना हुन नदिन सुरक्षा सावधानीलगायत विषय प्रतिवेदनमा समावेश गरी सुझाव दिन सात दिनको कार्यादेशसहित कार्यदल गठन गरेको थियो । कार्यदल गठनसँगै घटनाका बारेमा अध्ययन थालिएको मगरले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ