ट्रक र स्कार्पियो ठोकियो, गाडी क्षतविक्षत, ५ जना गम्भीर

ट्रक र स्कार्पियो ठोकियो, गाडी क्षतविक्षत, ५ जना गम्भीर

  • मङ्लबार, माघ २९, २०८१
  • सञ्जय मिश्रा

  • 6.6K
    SHARES

रौतहट २९ माघ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक आमुने सामुने ठोकिँदा स्कार्पियोको अवस्था क्षतबिक्षत बनेको छ।

स्कार्पियोका चालक सहित सवार ५ जना गम्भीर घाईते भएका छन्।

मंगलवार बिहान ८;२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट सर्लाही तर्फ जादै गरेको ना.४ च. ३६९४ न.को स्कारपिओ र बिपरित दिसाबाट आउदै गरेको बा.प्र.०१-००६ ख.५७ २९ न.को ट्रक एक आपसमा ठक्कर लागेको थियो। ठक्करबाट स्कार्पियोमा सवार स्थानिय मौलापुर नगरपालिका ३ का बर्ष २० को सुदिप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ। दुर्गा भगवती गाउँपालिका ५ का बर्ष १८ को प्रसान्त ठाकुरको बाँया हात,दाहिने आँखी, भौं मा चोट लागेको छ।

चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका बर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले न्युज कारखाना लाई बताएका छन्। त्यसैगरी बौधिमाई २ का बर्ष १८ को प्रदिप कुश्वाहा निधार टाउको,कानमा चोट अवस्था मध्यम रहेको छ।

बारा सिम्रौणगढ नगरपालिका ७ का बर्ष २८ को संतोष कुश्वाहाको टाउको,चिउडोमा चोट अवस्था सिरियस रहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन्। घाईतेहरुलाई उपचारको लागी चन्द्रपुर प्रा.ली अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ।घाईते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य अवस्थामा उपचार भईरहेको अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताएका छन्।

दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरि नगरपालिका ४ बस्ने बर्ष २८ को फुरी तामाङ र स्कार्पियो ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको तथा अनुसन्धान भईरहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन्।

घटनास्थलमा शान्ती सुरक्षाको कारण सई महानन्द कुमार यादवको कमाण्डमा टोली खटाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ