२८ माघ, काठमाडौं । ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि गंभीर आक्रमण गर्ने एमाले बिद्यार्थी संगठनका दुई कार्यकर्ता बिरुद्ध पाँच दिनको म्याद थप भएको छ ।
पक्राउ परेका दुई जना बिरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यहारको कसुरमा पाँच दिनको म्याद भएको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । उनीहरु दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत तथा नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।
उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको दुई जनाको टोलीमाथि हमला गरेका थिए । प्रहरीको मोटरसाईकल लडाएर लात्तले हान्नुका साथै लौरो समेत फ्याकि दिएका थिए ।
सिसिटिभी फुटेजका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।