अनलाई जुवा खेलाएको आरोपमा बुढानिलकण्ठबाट युवाहरु पक्राउ

अनलाई जुवा खेलाएको आरोपमा बुढानिलकण्ठबाट युवाहरु पक्राउ

  • सोमवार, माघ २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ।

अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेको हो।

छापा मार्न जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी आफैं आइतबार बेलुका बुढानिलकण्ठ पुगेका थिए।

अधिकारीका अनुसार शंकास्पद गतिविधिको सूचना आएपछि प्रहरी टोली गएर घरमा छापा मारेको हो। यसक्रममा केही व्यक्तिहरू पक्राउ परेको अधिकारीले बताए।

‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैं पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ।’

अधिकारी एक साताअघि मात्रै परिसरमा नयाँ प्रमुख भएर गएका थिए। अधिकारीले के कति व्यक्ति पक्राउ परेको र के कस्तो विवरण हो विस्तृत विवरणबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ