आइजिपी कुँवरको अर्को योजना सफल, डिआइजी भट्टराईलाई पद सुम्पिन एआइजी केसीको राजीनामा

आइजिपी कुँवरको अर्को योजना सफल, डिआइजी भट्टराईलाई पद सुम्पिन एआइजी केसीको राजीनामा

  • आइतवार, माघ २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाडौं – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रविन्द्र केसीले पदबाट राजीनामा दिएका छन्।

एआइजी केसीले शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

‘बिरामी र घरायसी कारणले उहाँले राजीनामा पत्र बुझाउनु भएको छ,’ प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकनिकट स्रोतल भन्यो।

केसीले राजीनामा बुझाए पनि यसको अन्तरवस्तु भने ‘विशिष्ट’ छ। केसीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईका लागि स्थान पक्का गर्ने गरी एआइजी बनाइएको थियो।

भट्टराई र केसी दुबै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचमेट हुन्। कुँवरले आफ्ना सबै ब्याचमेटलाई एआइजी बनाइसकेका थिए। बाँकी रहेका भट्टराई मात्रै एआइजी हुन बाँकी थिए।

गत पुस १७ गते कुबेर कडायत र केसी एआइजी बढुवा हुँदा भट्टराई छुटेका थिए। त्यो बेला केसीलाई बीचमै पदबाट राजीनामा गर्ने ‘सर्त’ राखेर एआइजी बनाइएको थियो।

आफू एआइजी बनेर प्रदेश समन्वय विभागमा पोस्टिङ भएको केही समयमै केसी बिरामी तथा घरायसी कारण भन्दै बिदामा बसेका थिए।

‘केसीको राजीनामा गृह मन्त्रालयमा पठाइन्छ,’ कुँवरको सचिवालयले भन्यो, ‘अब भट्टराईलाई एआइजी सिफारिस गर्ने तयारी छ।’

यसअघि कुँवरले आफ्ना ब्याचमेट भीम ढकाल, केदार ढकाल, किरण राणा, भरतबहादुर बोहरालाई एआइजी बनाइसकेका थिए।

आफ्ना ब्याचमेट सबैलाई परिस्थिति मिलाएर विशिष्ट श्रेणीको पद (एआइजी) बनाउन कुँवर लागिपरेका थिए। त्यसका लागि उनले गृहमन्त्री रमेश लेखकसँग सहमति लिइसकेका थिए।

महानिरीक्षक कुँवरलाई सरुवा तथा बढुवामा राजनीतिक शक्तिकेन्द्रसँग ‘नतमस्तक’ भएको आरोप लाग्ने गरेको छ। केसीको राजीनामालाई त्यसैको ‘उपज’ ठानिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ