सशष्त्र प्रहरीद्दारा ठूलो परिणामको लागू लागुऔषधसहित ११ जना पक्राउ

सशष्त्र प्रहरीद्दारा ठूलो परिणामको लागू लागुऔषधसहित ११ जना पक्राउ

  • शुक्रबार, माघ २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

रौतहट २५ माघ। सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहट तथा मातहतका युनिटहरु बाट खटिगएको गस्ती टोलीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागुऔषध सहित ११ जना मानिसलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंको निर्देशनमा सशस्त्र प्रहरीले भारतीय सीमाक्षेत्र हुँदै आउनेजाने मानिस माथी निगरानी बढाएपछि यस आर्थिक वर्षमा हालसम्म ठूलो परिमाणमा लागुऔषध सहित ११ जना मानिस पक्राउ गर्न सफल भएको हो।

गत साउन देखी यस महिनाको २० गतेसम्म साढे ६ महिनाको अवधिमा लुकिछिपी भारतीय बजारबाट ल्याउँदै गरेको
नशालु ट्याब्लेट डाईजिपाम २२ सय ७८ ट्याब्लेट, नाईत्रोभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु ईन्जेक्सन ६०६ एमपूल, प्रोमेथआजिन नशालु ईन्जेक्सन १७९८ एमपूल, फेनार्गन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम बरामद गरिएको सशस्त्र प्रहरी रौतहट का प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

उक्त लागुऔषध ओसारपसारमा संलग्न ११ जना मानिसलाई पक्राउ गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन्। पक्राउ परेका मानिसलाई केही लागुऔषध सहित आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाईएको थियो।

तथा केही लागुऔषध जाँचबुझको लागी औषधि ब्यवस्था बिभाग बिरगंज र जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ