सिन्धुलीमा ईभी दुर्घटना, चालकको मृत्यु

सिन्धुलीमा ईभी दुर्घटना, चालकको मृत्यु

  • शुक्रबार, माघ २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

सिन्धुली । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ५ खनियाँखर्क नजिक शुक्रबार बिहान भएको यात्रुबाहक विद्युतीय सवारी दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

दुर्घटनामा ५ जना घाइते छन् । झापाबाट काठमाडौं जाँदै गरेको वा १ –०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय शुसान्त नेपालीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । सडकबाट करिब चारसय मिटर तल सो गाडी खसेको थियो ।

घाइते पाँचजनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ