सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखलाई हिरासतमा तीन दिन राखेर अनुसन्धान गर्न अनुमति

सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखलाई हिरासतमा तीन दिन राखेर अनुसन्धान गर्न अनुमति

  • आइतवार, माघ २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

माघ २०, पूर्वी नवलपरासी । सहकारी ठगीको आरोपमा पक्राउ परेका म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ ।
आइतबार पक्राउ परेका थापालाई म्याद थपका लागि प्रहरीले सरकारी वकिल कार्यालय हुँदै म्याग्दी जिल्ला अदालत पुर्‍याएको थियो । अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्युठान प्रहरीका प्रवक्ता तथा इन्सपेक्टर सागर पौडेलले जानकारी दिए ।

थापासहितका व्यक्तिले कुमारी सहकारी संस्थाको डेढ अर्ब बढी रकम अपचलन गरेको आरोप छ । म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाका आरोपित थापालाई उनकै निवासबाट पक्राउ गरिएको थियो ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्ष अघि गरेको छानविन प्रतिवेदनमा थापाको योजनामा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना भएको उल्लेख थियो।

थापा सहितको टोलीले सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको उक्त प्रतिवेदनमा औँल्याइएको थियो। एमालेबाट जिसस प्रमुख निर्वाचित उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । ०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्का समेतले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर कुमारी बहुउद्देश्यीय सहकारीको रकम छानविन गर्न माग गरेका थिए ।

उनीहरूको माग अनुसार सहकारी रजिष्ट्रारको कार्यालय पोखराले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानविन गर्न अख्तियारी दिएको थियो । गौतमको छानविन प्रतिवेदनले थापाको मुख्य योजनामा सहकारीको १ अर्ब ४९ करोड रकम हिनामिना भएको प्रतिवेदनले औँल्याएको थियो ।

प्रतिवेदनको आधारमा थापालाई तत्काल पक्राउ गरेर अनुसन्धान थाल्न पर्नेमा सहकारी रजिष्ट्रारको कार्यालयले नै थापा बिरुद्ध प्रहरीमा उजुरी गर्न डराएको भन्दै सर्बसाधारणले रजिष्ट्रारको कार्यालयको बिरोध गर्दै आएका थिए । म्याग्दी प्रहरीले थापालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ