कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति मृत फेला

कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति मृत फेला

  • शनिबार, माघ १९, २०८१
  • डम्मर दत्त भट्ट

  • 5.2K
    SHARES

कञ्चनपुर १९ माघ । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति तथा बैजनाथ माविका अध्यक्ष अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन्। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका- वडा नम्बर १८ कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश चन्दले अहिले घटनास्थलमा सो जिल्लाका एसपी चक्रराज जोशीको कमाण्डमा टोली घटनास्थलमा पुगेको जानकारी दिनु भएकाे छ । मृतक कलौनी भीमदत्त नगरपालिकाका काँग्रेस सभापति तथा कञ्चनपुरमा निकै लोकप्रिय नेता मानिन्छन् ।

अहिले प्रहरीले घटनाको अनुसन्धान थालेको छ।अहिलेसम्म घटना के कसरी घट्यो भन्ने विषयमा प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन। उनको हत्या भएको आशंकासमेत प्रहरिले गरिरहेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ