खाद्य मापदण्ड विपरीत भारतबाट आयात भएको ३० टन बढी दाल नाकामै रोकियो

खाद्य मापदण्ड विपरीत भारतबाट आयात भएको ३० टन बढी दाल नाकामै रोकियो

  • आइतवार, माघ १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

१३ माघ, काठमाडौं । नेपाल आयात हुन लागेको ३० टन भन्दा बढी दलहन नाकामै रोकिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले कशौधन ट्रेडर्स नेपालगन्जले भारतबाट आयात गरेको ९ हजार ६०० केजी चनाको दाल नाकामा नै रोकेको हो।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जले परीक्षण गर्दा क्षतिग्रस्त दाना, किराले क्षति पुर्‍याएको दाना पाइएको हो ।

क्षतिग्रस्त दानाको मात्रा मापदण्डमा तोकिएभन्दा बढी पाइएकाले आयात गर्न नमिल्ने भन्दै नेपालगन्ज भन्सार कार्यालयलाई प्रमाणीकरण कार्यालयले प्रतिवेदन पठाएको छ ।

यस्तै नेन्शी सप्लायर्स दाङले भारतबाट आयातको लागि नेपालगन्ज भन्सार नाकामा ल्याएको २३ हजार २८० केजी राजमाको दाल पनि रोकिएको छ । प्रमाणीकरण कार्यालय नेपालगन्जले परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा मापदण्डमा तोकिएभन्दा बढी पाइएकोले आयात गर्न नमिल्ने भनि नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको हो ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ लागु भइसकेपछि नाकामा खाद्य गुणस्तर परीक्षण बढेको छ ।

ऐनको दफा १३ को उपदफा ९१० बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर तथा उपदफा ९२० बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नुपर्नेछ ।

उक्त स्विकृती अनुसार नाकास्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले परीक्षण गर्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ