कञ्चनपुरमा श्रृङखलाबद्ध रुपमा प्रहरीले आफैमाथि बन्दुक चलाउँदै

कञ्चनपुरमा श्रृङखलाबद्ध रुपमा प्रहरीले आफैमाथि बन्दुक चलाउँदै

  • शनिबार, माघ १२, २०८१
  • डम्मर दत्त भट्ट

  • 5.1K
    SHARES

कञ्चनपुर, १२ माघ । गत पुष १२ गते कञ्चनपुरमा एक प्रहरी जवानले आफैमाथि गोली चलाएको घटना सेलाउन नपाउँदै फेरी एक प्रहरी जवानले आफैमाथि गोली चलाएका छन । १२ पुष शुक्रबार साँझ ७ बजेतिर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्र प्रशाद न्यौपानेले आफैमाथि गोली चलाएको महिना दिन समेत पुग्न नपाउँदै फेरी कञ्चनपुरमा अर्का प्रहरी जवानले गोली चलाएका छन ।

बुधबार राती झण्डै सवा ८ बजेतिर महेन्द्रनगर स्थित विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टले आफैमाथि गोली चलाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले आफैमाथि गोली चलाएको बताए । गोली प्रहारबाट प्रहरी जवान विष्ट गम्भिर घाईते भएका छन । विष्टको कानमा गोली लागेको छ । घाईते विष्टले उपचारका लागि महाकाली अस्पतालमा लगिएको छ । गम्भिर घाईते भएकाले अस्पतालले रिर्फरको तयारी गरिरहेको छ ।

घटनाको कारण पत्ता नलागेको कञ्चनपुरका प्रहरी प्रवक्ता जोशीले बताए । ‘यो घटना किन के कारणले आफैमाथि उनले गोली चलाएका हुन, यस बारेमा अहिले कारण खुलेको छैन, ‘उनले भने, ‘प्रहरीले अनुसन्धान अघि बढाएको छ ।’ बझाङ्ग घर भएका विष्टले आफैमाथि गोली प्रहार गरेको र यस अघि अछाम घर प्रहरी जवान न्यौपाने आफैले आफैमाथि गोली प्रहार गरेर घाईते भई कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यस अघि आफैमाथि गोली चलाएर घाईते भएका न्यौपाने उपचारार्थ रहेकै बेला अर्का प्रहरी जवानले आफैमाथि गोली चलाएपछि प्रहरीकै तल्लो दर्जामा कार्यरत प्रहरीबाटै सुुरक्षा चुनौती थपिएको छ ।

प्रहरी जवानद्वय न्यौपाने र विष्टले आत्महत्या गर्न खोजिएको अनुमान गरिएको छ । महिनै पिच्छे कञ्चनपुरमा प्रहरीले आफैमाथि गोली प्रहार गरेर घाईते भएपछि नागरिक समेत त्रसित भएका छन । देशका विभिन्न स्थानमा प्रहरीले आफैमाथि गोली प्रहार गरेर आत्महत्याका घटना अझै रोकिएका छैनन । कामको बोझ, मानसिक तनाव, काम बढि सेवा सुविधा कम भएकै कारण पनि आत्महत्याका घटना बढिरहदा समेत यस विषयमा सरकारी तहबाटै गहन अध्ययन भईरहेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ