गौतम स्कुलको ४८ अौ वार्षिकोत्सबको अवसरमा आज देखि अन्तर बिधालय बाल फुटबल प्रतियोगिता शुरु

गौतम स्कुलको ४८ अौ वार्षिकोत्सबको अवसरमा आज देखि अन्तर बिधालय बाल फुटबल प्रतियोगिता शुरु

  • बिहिबार, माघ १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बिरगंज १० माघ । गौतम स्कुलको ४८ अौ वार्षिकोत्सबको अवसरमा आज देखि सुरु गर्यो बिधालय बाल फुटबल प्रतियोगिता ।
जिल्ला प्रहरी कार्यालय नजिकै रहेको एसएसपी कार्यालयको ग्राउन्डमा आज देखि गौतम स्कुलको ४८ अौ वार्षिकोत्सबको अवसरमा अन्तर बिधालय बाल फुटबल प्रतियोगिता शुरु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोढ ढुङ्गेलको प्रमुख आतिथ्यमा सो अन्तर बिधालय बाल फुटबल प्रतियोगिताको उदघाटन भएको हो ।

उदघाटन समारोहमा एसपी ढुङ्गेलले विद्यार्थीहरुको क्षमता विकास गर्न पनि खेलकुदको आवश्यकता रहेको बताए ।निजी बिधालयले शिक्षा संगसंगै अतिरिक्त क्रियाकलापहरुमा निकै सक्रियताका लागि परेकोमा अहिले खेल क्षेत्र बाट पनि आफ्नो पहिचान बनाउन र स्वास्थ्य शारीरिक हुने भएकोले खेल जिवनको महत्त्वपूर्ण रहेको एसपी ढुङ्गेलले बताएका छन् ।

उनलेे सबै बिधालय परिवारलाई आभारी ब्यक्त गदै खेलको शुभकामना दिनुभएको छ। प्रतियोगितामा निजी स्कुलका १५ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई “ए” र “बी” समूहमा विभाजन गरिएको छ ।

आयोजक गौतम स्कुलसँगै मिनील्यान्ड सेकेन्डरी स्कुल, न्यु वेभ एकेडेमी, माउन्ट मकालु स्कुल, ओम नेशनल एकेडेमी, लिटिल फ्ल्वार स्कुल, ज्ञानदा एकेडेमी, मनोकामना सेकेन्डरी स्कुल, सन साइन सेकेन्डरी स्कुल, मालिनी सेकेन्डरी स्कुल, सन लाइट स्कुल, ज्ञान ज्योति स्कुल, जीवन ज्योति स्कुल, लिटिल एन्जल स्कुल र एसआर ग्यालेक्सी स्कुलले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
गौतम स्कुलका संचालक सोनम लामाको अध्यक्षतामा भएको सो उदघाटन समारोहमा प्याब्सनका पुर्व जिल्ला अध्यक्ष पुरन प्रधान ,पुर्व महानगर अध्यक्ष आलोक चौरसिया,सल्लाहकार हरि श्याम ठाकुर ,प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव,सल्लाहकार मनि पाख्रिङ,क्यान पर्साका अध्यक्ष मनिष सिंह ,शर्मानन्द ,सुभाष प्रधान ,सुरज पटेल ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई ,नारायणी एफएमका निरज पिठाकोटेमगर, मिरमिर अनलाइन मधेस प्रदेशका संयोजक दिपक चौरसिया , पत्रकार सन्तोष रन्जितकार ,लगायत विभिन्न बिधालयका प्रिन्सिपलहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजिकरण गौतम स्कुलका ब्यवस्थापक सौरज प्रधानले गरेका थिए।अन्तर बिधालय बाल फुटबल प्रतियोगितामा १५ वटा स्कुलका विद्यार्थीहरुले भाग लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी