सशस्त्र प्रहरी नवलपरासीद्वारा रक्तदान, शैक्षिक तथा खेलकुद सामाग्री वितरण

सशस्त्र प्रहरी नवलपरासीद्वारा रक्तदान, शैक्षिक तथा खेलकुद सामाग्री वितरण

  • मङ्लबार, माघ ८, २०८१
  • रबिन्द्र यादव

  • 6K
    SHARES

पश्चिम नवलपरासी ८ माघ । सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेड क्वाटर पश्चिम नवलपरासीले २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सोमबार बेलासपुरमा रक्तदान कार्यक्रम गरेको छ । सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले जाडोयाम मौसममा रगतको अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी युनिटका १८ जना कर्मचारी र एक जना स्थानीय व्यक्ति गरि जम्मा १९ जनाले रक्तदान गरेका हुन ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेड क्वाटर पश्चिम नवलपरासीका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक प्रकाश बाग्लेले जिल्लामा रगतको अभावलाई केही हदसम्म भए पनि परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरिएको जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला रक्त संचार सेवा केन्द्र परासीको सहकार्यमा उक्त रक्तदान कार्यक्रम संचालन गरिएको बाग्लेले बताए ।

त्यसैगरी सिमावासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तरगत सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेड क्वाटरले जिल्लाको पाल्हिनन्दन गाउँपालिका-३ कुश्मा रहेको सिदार्थ माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत ३९ जना विद्यार्थीहरुलाई लागू औंषध,सिमा सुरक्षा तथा युवा शिर्षकमा निबन्ध लेखन प्रतियोगिता संचालन गरेको छ । उक्त निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुने तीन जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको प्रमुख अतिथि २६ नं गण नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश बाग्लेले जानकारी दिए ।

सुरक्षा निकायले सुरक्षाको अलवा अन्य सामाजिक गतिविधिमा सक्रिय हुँदा जनताले सहज अनुभूति गर्दै आइरहेको पश्चिम नवलपरासीका सरोकारवालाहरुले बताउछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ