बारा ७ माघ । मधेस प्रदेशको बारा जिल्ला स्थितमा रहेको प्रसिद्ध गढिमाइ मन्दिरमा भएको आक्रमण तथा तोडफोडको घटनाले विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।
घटनाको तथ्य सत्य पता लगाउन विश्व हिन्दु परिषद् नेपालले बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञापनपत्र बुझाएका छन् । बारा जिल्लाको प्रसिद्ध गढीमाई मन्दिरमा गैरहिन्दू समुदाय बाट भएको आक्रमण तथा घटनाले धार्मिक सहिष्णुतामा गम्भीर चुनौती खडा गरेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ।
हिन्दुहरुको महान आस्था बोकेको उक्त गढीमाइ मन्दिर एउटा यस्तो पवित्र धार्मिक मठ मन्दिरमा यस्तो घटना हुनु भएकोे हिन्दु माथि सिधै प्रहार गरेको हाम्रो परिषद्को बुझाइरहेको छ। हामी यसै विज्ञप्तिमार्फ आगामी दिनहरुमा यस्ता घटना नदोहोर्याउन नदिन प्रजिअ मार्फत अपिल गर्दैछौं भनेर सो विज्ञप्तिमा जनाइएको छ।
विश्व हिन्दू परिषद नेपालले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्रमा उल्लेख भए अनुसार घटनामा आक्रमणको कडा विरोध जनाउँदै दोषीहरूमाथि शीघ्र कडा कारबाही गर्न माग समेत गरेका छन्।
विश्व हिन्दू परिषद नेपालका प्रतिनिधिहरूले घटनालाई सनातन हिन्दू धर्ममाथिको प्रहार र धार्मिक स्वतन्त्रताको उल्लंघन गरेको परिषदको बुझाइ रहेको बताएको छ समुदाय विशेषका आपराधिक मानसिकताले प्रेरित यस्ता आक्रमणहरूलाई नियन्त्रण गर्न सरकार र प्रशासनको अहम् भूमिका हुनुपर्ने माग गरेको छ।
परिषद्ले आक्रमणकारीहरूको गिरफ्तारी घटनामा संलग्न सबै व्यक्तिहरूको तुरुन्त पहिचान गरि पक्राउ गरी कानूनी दायरामा ल्याउनु पर्ने बताएको छ. हिन्दु परिषद्ले घटनाको विशेष अनुसन्धानका लागि समिति गठन गर्नुपर्ने र समितिले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उल्लेख गरेको छ। धार्मिक स्थलहरूको सुरक्षा प्रवर्द्धन – गढीमाई मन्दिर लगायतका धार्मिक स्थलहरूको सुरक्षा प्रबन्धलाई थप प्रभावकारी बनाउन समेत माग गरेको र ज्ञापनपत्रमा बारा जिल्ला प्रशासन कार्यालयसँगै गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र सम्बद्ध स्थानीय निकायहरूमा प्रतिलिपि पठाइएको छ।
विश्व हिन्दू परिषदले धार्मिक आस्थाको सम्मान सुनिश्चित गर्न र यस्ता असामाजिक घटनाको दोहोरिन नदिन समयमै प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
परिषदले सरकार र प्रशासनले तुरुन्त कदम नचाले थप आन्दोलनको चेतावनी समेत दिएको छ। गढीमाई मन्दिर हिन्दू धर्मावलम्बीहरूको गहिरो आस्थासँग जोडिएको ऐतिहासिक स्थल हो। यस्तो पवित्र स्थलमा भएको आक्रमणले हिन्दू समाजमा व्यापक रोष उत्पन्न गरेको छ।
उक्त घटना बारे गढीमाई मन्दिरका मुल पुजारी शिव चौधरी विगत ३५ वर्ष देखि पुजा गदै आइरहेकामा उहाँले यस्तो घटना अहिलेसम्म नभएको बताउँछन् । मन्दिर परिषद्मा मुस्लिम समुदायका ब्यक्तिहरुले श्रृङखला गरेकोमा त्यस्ता ब्यक्तिलाई कहिले पनि पुन्य नहुने ठोकुवा पुजारीले गरेका छन् ।
मुल पुजारी चौधरीले घटनामा चाहे हिन्दु होस् चाहे मुस्लिम होस् प्रहरी प्रशासनले उचित छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने र कडा भन्दा कारवही गर्नुपर्ने बताएका छन् ।