माघे संङ्क्रान्तिको अवसरमा सामुहिक खिचडी

माघे संङ्क्रान्तिको अवसरमा सामुहिक खिचडी

  • मङ्लबार, माघ १, २०८१
  • दीपक चौरासीया

  • 6.3K
    SHARES

बिरगंज १ माघ । हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले माघे संङ्क्रान्तिको अवसरमा सामुहिक खिचडी कार्यक्रम सम्पन्न गरेको छ ।
हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले समता ममता र समरसताको पर्व मकर संङ्क्रान्तिको अवसर पारेर बिरगंजको बाइपास केशव धाममा एक कार्यक्रम अयोजना गरि हिन्दू धर्ममा दलित शब्दको कहि उच्चारण नभएको र दलित राजनीतिक शब्द भएकोले हिन्दु धर्मको ग्रन्थमा दलित नभएकोले यसलाई अहिले केही ब्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्ने उदेश्यले विभिन्न जातजातिको बर्णन गरिएको हो । हिन्दु धर्म ग्रन्थमा उल्लेख भए अनुसार महिला र पुरुष मात्र रहेकाले हिन्दुले छुवाछूतको अन्त अहिले होइन उहिले हिन्दु धर्म ग्रन्थमा उल्लेख रहेको बताए ।
पहिला दलितहरुको पानी नचल्ने तथा छुवाछूत को भेदभाव राखने भएकोमा हिन्दु स्वयंसेवक संघले छुवाछूतलाई अन्त गर्न हामी सबै हिन्दु हु र हाम्रो धर्म संस्कृति पहिचान एउटै हो भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।
कार्यक्रममा कथित दलित जसलाइ नेताहरुले आफ्नो राजनिक आखडा र राजनीतिक भेटबैक मात्र बनाउने उदेश्यले आम धर्मलाई विभाजन गरिएको संघको बुझाई रहेको छ। भाषामा दलित भनिएको छ,कार्यक्रममा डोम,चमार,दुशाद लगायत हिन्दुका विभिन्न जात जातिका ब्यक्तिहरुलाइ एकै ठाउमा बोलाएर भेला गरि सबैको घरबाट तिल,चिउराको लड्डु ल्याउने र सबै मिलाएर परिकारमा मिसाएर खिचडी बनाईएको थियो ।
उक्त कार्यक्रममा सबै जातजातिका ब्यक्तिहरु र संघका स्वयंसेवकहरु एकै ठाउँमा बसेर सामुहिक खिंचडी खाएको थियो । हिन्दु सबै हामी भाइ भाइ हौ हामी जातिय भेदभाव हुनु हुदैन हामी हिन्दूहरुमा समता,ममता र समरसताको भाव हुनु पर्ने संघको बुझाइ रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ