पुष २४ काठमाण्डौँ । डोटीकोजंगलमा एक महिलाको कंकाल भेटिएको छ। सडिसकेको अवस्थामा महिलाको शब फेला परेको प्रहरीले जनाएको छ ।
शवको सनाखत र अनुसन्धानमा प्रहरी जुटेको छ। केआईसिंह गाउँपालिका–६ र ७ को सीमामा पर्ने जंगलमा महिलाको शव भेटिएको हो।
कंकाल भेटिएको स्थान घना अनकन्टार जंगलमा पर्छ। प्रहरीलाई सोमबार राति खबर आएको थियो। घाँस दाउराका लागि जंगल जाने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीलाई शव भेटिएको स्थान पुग्नै ७ घण्टा लागेको थियो। भेटिएको कंकाल मंगलबार बेलुका जिल्ला अस्पताल पु¥याइएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline