पुष २२ काठमाण्डौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग फेरि ९ बृद. स्पष्टीकरण सोधेको छ। यसले सरकारको नियत फेरी पनि कुलमान घिसिङ हटाउनेमै रहेको आशंंका गरिएको छ ।
मन्त्रालयले आज मन्त्रालयले ७ दिनको म्याद दिएर कुलमानलाई स्पष्टीकरण दिन पत्राचार गरेको हो।
ऊर्जामन्त्रीका रुपमा कांग्रेस नेता दीपक खड्का आएपछि स्पष्टीकरण सोधिएको यो तेस्रोपटक हो।
कुलमानसँग माग गरिएका विवरण उपलब्ध नगराएको, गोलमटोल जवाफ दिएको र कार्य सम्पादन सम्झौता अनुसार काम गर्न नसकेको लगायत आरोप पत्रमा लगाइएको छ।
घिसिङलाई कहिले बक्यौता नतिर्ने उद्योगीको बिजुली नकाट्न दबाब दिने, कहिले विभिन्न नाममा स्पष्टीकरण सोधेर हटाउन खोजेको अनुमान सर्वसाधारणले लगाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline