काठमाडौंको पिंगलास्थानको एक होटलमा युवती मृत फेला परेको घटनामा फरार भनिएका पुरूष मृत फेला परेका छन्।
शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीस्थित एक रूखमा देवकुमार थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काले जानकारी दिए।
थापा आफ्नो घरदेखि अन्दाजी एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
गत बुधबार काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ भित्र सुस्मिता खड्का मृत फेला परेकी थिइन्।
सुस्मिताको मृत्यु कसरी भएको थियो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline