तारेभिरमा फसेका चार जनाको नेपाली सेनाद्धारा सकुसल उद्धार

तारेभिरमा फसेका चार जनाको नेपाली सेनाद्धारा सकुसल उद्धार

  • बुधबार, पुस १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

१७ पुस, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–८ लटारम्मेश्वर मन्दिर जाने क्रममा तारेभिरमा फसेका चार जनालाई प्रहरीले उद्धार गरेको छ ।

काठमाडौं महानगरपालिका २ बस्ने ३६ वर्षीया मधुलिका सिंह ठकुरी, ३५ वर्षीया निर्जला शाक्य, ३४ वर्षीया सिर्जना महर्जन र २४ वर्षीय पुकार सिलवाललाई सेना र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।

उनीहरु मंगलबार फसेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहाल नेतृत्वको चार जनाको टोली उक्त स्थानमा खटिएको थियो ।

इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब १५ किलोमिटर पश्चिम उत्तरतर्फ पर्ने उक्त स्थानमा प्रहरी टोली डोरी, हसिया, फलामको रड लगायतका उद्धार सामग्री सहित गएको थियो ।

प्रहरीले मात्र उद्धार गर्न नसकेपछि नेपाली सेनाको बेसक्याप्प महादेवटारका सुबेदार सिताराम कार्की नेतृत्वमा ७ जनाको थप टोली उद्धारमा परिचालित भएको थियो ।

सेना र प्रहरीको संयुक्त टोलीले चारै जनालाई मंगलबार साँझ ५ बजेतिर सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएको इलाका प्रहरी प्रहरी कार्यालय ठिंगनले जनाएको छ ।

कान्ति लोकपथ हुँदै हेटौंडाबाट करिब एक घण्टा र काठमाडौंबाट करिब २ घण्टाको दुरीमा भीमफेदी गाउँपालिकाको इपा पुगेर इपाबाट करिब २ घण्टा पैदल उकालो हिँडेपछि महादेव मन्दिरमा पुगिन्छ । ‘डब्लु डाँडा’को थुम्कोमा रहेको यही मन्दिर लटारम्मेश्वर मन्दिरको रुपमा प्रख्यात छ । यहाँ माघे संक्रान्ति, शिवरात्री र नयाँ वर्षमा पूजा गर्नेहरुको घुइँचो हुने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ