सङ्घीय शिक्षा ऐन संसदीय समितिमा छलफल प्रक्रियामा,चाँडै कार्यान्वयनमा आउने

सङ्घीय शिक्षा ऐन संसदीय समितिमा छलफल प्रक्रियामा,चाँडै कार्यान्वयनमा आउने

  • आइतवार, पुस १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

मोरङ, १४ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सङ्घीय शिक्षा ऐन चाँडै ल्याइने बताउनुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘सङ्घीय संरचनामा शिक्षा व्यवस्थापन’ विषयक छलफल एवं सुझाव सङ्कलन कार्यक्रममा मन्त्री भट्टराईले सङ्घीय शिक्षा ऐन संसदीय समितिमा छलफल प्रक्रियामा समेत अघि बढीसकेकाले चाँडै आउने र कार्यान्वयनमा आउने बताउनुभयो ।

मन्त्री भट्टराईले शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले यसको सुधारका लागि कानुन निर्माण आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार कानुन निर्माणका साथै व्यवहारिक पक्षलाई पनि बलियो बनाउने पक्षमा रहेको धारणा राख्नुभयो । सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने उहाँको भनाइ थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको पहिलो आधार भएकाले यसको विकासका लागि तीन तहका सरकारले समन्वय गरी कार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीय शिक्षा ऐन चाँडै आउनुपर्ने भन्दै सङ्घले कानुन छिटोछरितो ढङ्गले नबनाउँदा शिक्षा क्षेत्र अघि बढ्न नसकेको गुनासो व्यक्त गर्नुभयो ।

अहिलेको सामुदायिक शिक्षाको अवस्था कमजोर रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसको व्यवस्थापन र सुधार गर्न गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय एकापसमा गाभेर जानुपर्ने आवश्यकतामा जोड दिँदै दुईभन्दा बढी सामुदायिक विद्यालय गाभेमा सवारी साधन र भौतिक पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा आकर्षित गर्न बालमैत्री र प्रविधिमैत्री विद्यालय बनाउनुपर्ने सुझाव दिनुभयो ।

शिक्षा सचिव डा दीपक काफ्ले र प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले शिक्षाको विकासका लागि तीन तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी