विद्यार्थीको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको पाइयो : प्रधानमन्त्री

विद्यार्थीको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको पाइयो : प्रधानमन्त्री

  • आइतवार, पुस १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, १४ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५०आँै दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको पाएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले शनिबार सम्पन्न भएको त्रिविको दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको बताउनुभयो । “दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको थियो,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

त्रिविको दीक्षान्त समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित हुन सहभागी भएका थिए । समारोहमा विभिन्न पुरस्कार प्रदान गरिएको थियो । त्रिविको कुलपतिको हैसियतमा प्रधानमन्त्री ओली उक्त समारोहमा सहभागी हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी