लुक्लाबाट विदेशी पर्यटक लिएर काठमाडौं आइरहेको हेलि एभरेस्ट प्रालिको हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएको छ ।
त्रिभुवन विमानस्थलका अनुसार चरा ठोक्किएलगत्तै पूर्वसावधानी अपनाएर हेलिकप्टरलाई भक्तपुरको साँगामा अवतरण गरिएको थियो।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले हेलि एभरेस्टको हेलिकप्टरमा चरा ठोक्किएको प्रष्ट पारे ।
अहिले हेलिकप्टर चेकजाँचको कार्य भईरहेको कम्पनीले जनाएको छ ।
उक्त हेलिकप्टरमा ५ जना विदेशी यात्रु र पाइलट सबै सकुसल रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline