हवाई फायर गरेर सेनाले नियन्त्रणमा लियो गैडाको खाग तस्करलाई

हवाई फायर गरेर सेनाले नियन्त्रणमा लियो गैडाको खाग तस्करलाई

  • बिहिबार, पुस ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

पु्ष ११ काठमाण्डौँ । चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले हेटौंडामा ५ राउण्ड हवाई फायर गरेर गैंडाको खाग तस्कर पक्राउ गरेको छ।

बिहीबार दिउँसो हेटौंडा–५ गर्दोई र हेटौंडा–८ को सिमानाबाट खाग तस्कर पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गैंडाको खाग तस्करलाई पक्राउ गर्न हवाई पाएर गरिएको हो। चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

घटनाबारे पूर्ण जानकारी निकुञ्ज मार्फत गर्नेगरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी लगिएको उनले बताए ।

उनका अनुसार विशेष सुराकीका आधारमा तस्कर पक्राउ गर्न २ वटा भ्यानमा हेटौंडा आएका ७र८ जना सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेको बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ