आफ्नै बुवा र भाईको हत्या प्रकरणमा आरोपी मिलन आचार्यद्धारा प्रहरी समक्ष आत्मसमर्पण

आफ्नै बुवा र भाईको हत्या प्रकरणमा आरोपी मिलन आचार्यद्धारा प्रहरी समक्ष आत्मसमर्पण

  • मङ्लबार, पुस ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

भक्तपुरमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोराले प्रहरी पुगेर आत्मसमर्पण गरेका छन्।
खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव फेला परेको थियो भने कोठामा जेठा छोरा मिलन आचार्य थिएनन्।

यस घटनामा जेठो छोराको संलग्नता हुन सक्ने आशंका छ।

गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए। उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो।

डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा पुगेका छन्।

उनी काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा सम्पर्कमा पुगेर आत्मसमर्पण गरेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ