खोटाङका जिल्ला हुलाक कार्यलयका निमित्त प्रमुख आचार्य र उनका छोरा घरैमा मृत फेला, हत्याको आशंका

खोटाङका जिल्ला हुलाक कार्यलयका निमित्त प्रमुख आचार्य र उनका छोरा घरैमा मृत फेला, हत्याको आशंका

  • सोमवार, पुस ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं । कार्यालयको कामले ६ दिनअघि काठमाडौं आएका कूलप्रसाद आर्चाय मृत फेला परेका छन्। भक्तपुरको बालकोट फिकाधारामा ५६ वर्षीय आचार्य छोरासँगै मृत फेला परेका हुन्। उनका २२ वर्षीय छोरा प्रविन आचार्य पनि मृत फेला परेका हुन्।

रूपाकोट मजुवागढी–१ खोटाङ घर भएका कुलप्रसाद जिल्ला हुलाक कार्यालयका निमिक्त कार्यालय प्रमुख हुन्। उनका दुई छोरा भक्तपुरको बालकोटमा बसेर पढ्दै थिए। जेठो छोरा मिलन आर्चाय भने फरार छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रबक्ता ढुण्डिराज नेउपानेका अनुसार दुईवटा फरक फरक कोठामा आर्चायका बाबुछोरा मृत भेटिएका हुन्। उनीहरूको टाउकोको पछाडि र कानमा समेत चोट भेटिएको छ। आर्चाय परिवारले चार वर्षदेखि उक्त घरमा कोठा लिएर बस्दै आएका थिए।

डीएसपी नेउपानेका अनुसार उनीहरू साढे तीन तले घरको भुइतल्लामा २ वटा कोठा लिएर बस्ने गरेका थिए। मिलन लोकसेवा आयोगको तयारी गरिरहेका थिए भने प्रविनले भीएस निकेतनमा बीएस्सी अध्ययन गर्दै आएका थिए। बाबुछोराको शरीरमा चोटैचोट देखिएको र उक्त कोठा बाहिरबाट ताला लगाएको अवस्थामा रहेकाले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। ुसँगै खाना खाएर सुतेका जेठा छोरा फरार रहेकाले पनि हत्या भएको हुनसक्ने अनुमानलाई पुष्टि गर्छ,ु एक प्रहरी अधिकारीले भने।

प्रारम्भिक अनुसन्धानका क्रममा शनिबार दिनभर सँगै रहेका तीन बाबुछोराले राति पनि सँगै खाना खाएका थिए। एकै फ्ल्याटमा बस्ने अर्को कोठाको साथीहरूलाई पनि मिलन आफैंले बनाएको तरकारी बाँडेर खाएका थिए। एउटै कोठामा बसेर खाना खाँदै गफ गरिरहेका बाबु छोराहरू बेग्लाबेग्लै कोठामा सुतेका थिए।

आइतबार बिहानदेखि आर्चाय परिवार बस्ने दुई वटा कोठामा बाहिरबाट ताला लगाइएको थियो। काम विशेषले बाहिर गएका होलान् भनेर कसैले पनि सोधखोज गरेनन्। खोटाङ बस्ने कुलप्रसादका आफन्तले आइतबार दिनभर श्रीमान र छोराहरूको नम्बरमा फोन गरे। कसैको पनि फोन उठेन।

आइतबार दिनभर फोन नउठ्ने र केही खोज खबर नपाएपछि काठमाडौंमा रहेका आफन्तलाई कोठामा हेर्न जान भनेका थिए। सोमबार विहानै उनका आफन्तहरू बालकोटमा रहेको कोठामा पुगेका थिए। प्रहरी पुगेर कोठा खोलेर हेर्दा दुवै बाबुछोरा मृत भेटिएका थिए।

शनिबार राति नै उनीहरूको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ