बिरगंज ६ पौष । बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको बीरगंज कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा उधमशीलता विकास तालिम सम्पन्न भएको छ।
बीरगंज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीको अध्यक्षता तथा बीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन समारोहमा प्रमुख कर्णले बीरगंज कलेजले अहिलेसम्म अन्य कलेज भन्दा फरक ढङ्गले अध्यापन गराउदै आइरहेकोमा आफुलाई धेरै खुशी लागेको बताए ।
विद्यार्थीहरुको भबिस्यलाई सुनिश्चित गर्ने उदेश्यले कमाउदै जाउ पढदै जाउ भन्ने अभियानका साथ लागि परेकोमा आगामी दिनहरुमा थप प्रगति गरेको देख्न चाहेको कर्णले बताएका हुन ।विद्यार्थीहरुको शिक्षा संगसंगै उधमशीलता विकासमा अगाडि बढाउने काम यश कलेजले गरेकोमा धन्यवाद समेत दिएका छन् ।
कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी उपाध्यक्ष शिवजी गुप्ता नेपाल ,उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोध गुप्ता नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाल ,बीरगंज कलेजका संचालक विनोद गुप्ता ,बीरगंज कलेजका प्रशासन प्रमुख सुरेश चौधरी ,कोडिनेटर डिके जैसवाल ,निवर्तमान महानगर अध्यक्ष आलोक चौरसिया ,प्रेस सेन्टर नेपालका केन्द्रीय जगत राई,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटेमगर,मिरमिर अनलाइन मधेस प्रमुख दिपक चौरसिया,फोनिज कोषाध्यक्ष सन्तोष रन्जितकार,लगायतको विशेष उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण कृष्ण पासवानले गरेका थिए।